Thursday, October 1, 2015

मन्त्रिपरिषदद्वारा स्थितिलाई सामान्य बनाउन मधेसी दललाई अपिल

आश्विन १४, २०७२- सरकारले वार्ताको वातावरण बनाउन आफ्नातर्फबाट आवश्यक कदम चालिसकेकोे उल्लेख गर्दै मधेसमा आन्दोलनरत दलहरूलाई नाकामा अवरोध पुर्‍याउनेलगायतका कडा कार्यक्रम बन्द गरी स्थितिलाई सहजीकरण गर्नअपिल गरेको छ ।
मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले आन्दोलनका क्रममा पक्राउ गरिएका सबै आन्दोलनकारीलाई रिहा गर्नेलगायतका निर्णय गरी मधेस केन्दि्रत दललाई विरोध कार्यक्रमलाई शान्तिपूर्ण बनाई तराईको तनावपूर्ण स्थितिलाई सामान्य बनाउन अपिल गरेको जानकारी सिंचाइमन्त्री एनपी सावदले दिए ।
बैठकले भारतीय नाकामा जारी अघोषित नाकाबन्दी फिर्ता गराई आपूति व्यवस्थालाई सहज बनाउनससमेत भारत सरकारसित विभिन्न तहमा कूटनीतिक संवादलाई तीव्र बनाउने निर्णयसमेत गरेको छ ।
सावदका अनुसार सरकारले वार्ताको वातावरण बनाउन मधेस आन्दोलनका क्रममा मारिएका सबै व्यक्तिका परिवारलाई सहिदको परिवार सरह १०/१० लाख रुपैयाँ दिने, घाइतेको निःशुल्क उपचार गर्ने, तराईमा परिचालित सेना फिर्ता गर्ने तथा कफ्र्यु र निषेधाज्ञा फिर्ता गर्ने निर्णयसमेत गरिसकेको छ ।
मन्त्रिपरिषदले प्रमुख तीन दलद्वारा गठित वार्ता समिति र मधेस केन्दि्रत दलहरूबीच सुरु भएको संवाद र छलफलका क्रममा राजनीतिक मुद्दामा हुने सहमतिलाई संविधान संशोधनमार्फत् पूरा गर्ने प्रतिबद्धतासमेत व्यक्त गरेको छ ।

No comments:

Post a Comment